Aamsanchar

बिर्तामोडका ८ वटा सामुदायिक विद्यालयमा खाजा घर निर्माण गर्न सहाराको १५ लाख सहयोग

Author Image
शुक्रवार, साउन १, २०७८

बिर्तामोड– बिर्तामोड नगर क्षेत्रका आठवटा सामुदायिक विद्यालयमा खाजा घर निर्माण गर्न सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले १५ लाख रुपैयाँ सहयोग गरेको छ । बिर्तामोड नगरपालिकासँग भएको साझेदारी सम्झौता बमोजिम सहारा नेपालले रकम हस्तान्तरण गरेको हो ।

नगर क्षेत्रका आठवटा विद्यालयमा खाजा घर निर्माण गर्नेगरी सम्झौता भएको थियो । सम्झौताअनुसार खाजा गर्ने निर्माणका लागि ५० प्रतिशत लागत सहारा नेपालले बेहोर्ने छ । बाँकी आधा रकम नगरपालिकाले व्यहोर्ने सहमति भएको हो ।

एउटा खाजा घर निर्माणको लागत चारलाख रुपैयाँ अनुमान गरिएको छ । सोही अनुमानका आधारमा सहारा नेपाल र बिर्तामोड नगरपालिकाले बजेट व्यवस्थापन गरेका हुन् । सहाराले दिए बराबरको रकम नगरपालिकाले उपलब्ध गराएपछि खाजाघर गर्ने निर्माण हुने बिर्तामोड नगरपालिकाका प्रशासन प्रमुख देवराज कार्कीले जानकारी दिनुभयो

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर