Aamsanchar

भद्रपुरमा ब्राउन सुगरसहित चन्दन पक्राउ

Author Image
शुक्रवार, साउन १, २०७८

भद्रपुर – लागु औषध ब्राउन सुगरसहित भद्रपुरमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका ३ निवासी २२ वर्षीय चन्दन रजक रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । सीमा प्रहरी चौकी पृथ्वीनगरबाट खटिएको प्रहरी टोलीले बिहीबार अपराह्न साँढे ४ बजे देउनियाँ पुल छेउमा उनलाई नियन्त्रणमा लिएर चेकजाँच गरेका थिए । प्रहरीले उनको साथबाट १२ ग्राम ४५० मिलिग्राम ब्राउनसुगर फेला पारेको हो । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 123

प्रतिक्रिया (०)