Aamsanchar

दाङ प्रहरीद्वारा ठुलो परिणाममा लागु औषध सहित दुईजना पक्राउ

Author Image
शुक्रवार, साउन १, २०७८

दाङ । दाङ प्रहरीले ठुलो मात्रामा लागुऔषध कारोवारमा संलग्न दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बाँके जिल्ला डुडुवा गाउँपालिका १ खडैचाका राजु भन्ने नोर महमद दर्जी र जानकी गाउँपालिका–३, मुक्तिनगरका राजा योगी रहेका छन् । उनिहरुलाई ११० ग्राम खैरै हिरोईन सहित हिजो दाङ प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

पक्राउ परेका राजा २०७१ साल मा महानगरिय प्रहरी वृत कालिमाटीबाट लागु औषध खेरै हिरोइन २० ग्राम ६२० मिली ग्राम सहति पक्राउ परेर ६ बर्ष कैद सजाय भुक्तान गरेर निस्किएका व्यक्ती हुन् । त्यसैगरी दर्जी २०७० सालमा डाका चोरी कसुरमा जिल्ला प्रहरी बाँकेले मुद्धा चलाई दुई बर्ष कैद भुक्तान गरेर निस्किएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर