Aamsanchar

साहित्य चौतारी बिर्तामोड झापाको २२ औं बार्षिकोत्सव तथा २०८ औँ भानु जयन्ती मनाइयो

Author Image
शुक्रवार, साउन १, २०७८

बिर्तामोड- साहित्य चौतारी बिर्तामोड झापाको २२ औं बार्षिकोत्सव तथा २०८ औँ भानु जयन्ती कार्यक्रम सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष हस्त परियारको अध्यक्षता तथा छन्दवादी कवि डिल्लीराज नेपालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष तथा कार्यक्रम सँयोजक कृष्ण सुवेदी निराकारले स्वागत गरेका थिए ।

सरगम संगीतालय बिर्तामोडका कलाकारले साहित्य चौतारिको स्वागत गीत प्रस्तुत गरेको कार्यक्रममा संस्थाका सँस्थापक तथा संरक्षक देबिभक्त श्रेष्ठले रामायण पाठ गरेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष हस्त परियारले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थाका निवर्तमान अध्यक्ष टंक विकल्पले सँस्थाको आगामी रजत महोत्सवबारे जानकारी गराएका थिए ।

कार्यक्रममा सामाजिक संजाल मार्फत विभिन्न ठाउँबाट मागिएका इन्दिरा दहाल र रेवतिरमण सापकोटाको कविता संस्थाकी सचीव खगेन्द्रा खुशीले , हरिप्रसाद न्यौपाने र गोपाल प्रसाद संग्रौलाको कविता सँस्थाका सदस्य तुलसीप्रसाद भट्टराईले ,महेन्द्र भट्टराई दूरगामीको कविता र मधु पोख्रेलको गजल संस्थाका सदस्य जीवन जगदीश धितालले , सुस्मा दहाल र मीरा काफ्ले पोख्रेलको कविता संस्थाकी सदस्य रिचा उप्रेती संग्रौलाले, छविकिरण ओलीको कविता संस्थाका उपाध्यक्ष कृष्ण सुवेदी निराकारले , बिमल अधिकारीको गजल र बिनोद खानालको कविता संस्थाकी सदस्य सुनिता तामाङले वाचन गरेका थिए ।

त्यस्तै कवि डा. खगेन्द्रप्रसाद दहाल , दुर्गा प्रसाद सिग्देल, टंक विकल्प , संस्थाकी सदस्य चित्रा पौड्याल कोइराला, तुलसीप्रसाद निरौलाले कविता वाचन गरेका थिए। त्यसैगरी बाल प्रतिभा अनुजा कडरीया, युवराज पोर्तेल, जमुना खरेल, मणि बर्देवा, जीवन जगदीश धिताल, हरि काफ्लेले गीत गाएका थिए । कार्यक्रममा कवि तुलसीप्रसाद भट्टराईले कवि दुर्गा प्रसाद सिग्देलको भोज मञ्जरी कविता संग्रह माथि चर्चा गरेको कार्यक्रममा श्याम गन्धर्वले सारङ्गीको गीत गाएका थिए ।
कार्यक्रममा संस्थाका संस्थापक तथा संरक्षक देबिभक्त श्रेष्ठले लाइभ कार्यक्रममा जोडिएका दर्शक तथा श्रोताहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

बाजागाजा र संगीत धुनको ब्यबस्था संस्थाका उपाध्यक्ष दिपक रायमाझीले गरेको कार्यक्रममा बाद्यवादनमा दिनेश खरेल , रमेश पाण्डे, श्याम गन्धर्वले साथ दिएका थिए । कार्यक्रममा संस्थाकि संस्थापक तथा संरक्षक उर्मिला बिमलि श्रेष्ठ ,सल्लाहकारहरु राजेन्द्र सँग्रौला,अनिरुद्र ओलि, कवि भवानी क्षेत्री , कोषाध्यक्ष भवानी गौतमलगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन सँस्थाकि सचिव खगेन्द्रा खुसीले गरेकि थिइन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर