Aamsanchar

घोराहीबाट १० जना जुवाडे पक्राउ

Author Image
शुक्रवार, साउन १, २०७८

दाङ । दाङको घोराही उप–महानगरपालिका–१३, डुमरगाउँ स्थित गनबहादुर घर्तीको घरमा जुवा (तास) खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले आज जुवाडेहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा घोराही उप–उप–महानगरपालिका–१३ बस्ने कमान पुन, लोकबहादुर घर्ती, प्रेम पुन, आईतबहादुर घर्ती, ज्ञानसिंह बुढा, निमहादुर रोक्का, त्रिपन बुढा, ढोका घर्ती, तेजलाल पुन र गणबहादुर घर्तीलाई पक्राउ गरेको दाङ प्रहरी कार्यालयका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

जुवाको खालबाट १ लाख २२ हजार ५ सय १० रुपियाँ र ६ बुङ तास बरमत गरेको प्रवक्ता रिजालले बताए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 184

प्रतिक्रिया (०)

सम्बन्धित खबर