Aamsanchar

लाईटर चलाउदा चार बर्षीया बालिकाको जलेर मृत्यु

Author Image
आइतवार, साउन ३, २०७८

ओखलढुङगा । सिन्धुली फिक्कल–५ बस्ने समिता राई खड्काको ४ बर्षीया छोरी धनकुमारी खड्काको जलेर मृत्यु भएको छ ।

ओखलढुङगा मानेभञ्ज्याङ–६ स्थित मामा घरमा आएको अवस्थामा मामा घरकै गाईगोठमा आज दिउसो १ बजे हातमा लाइटर बोकी खेल्ने क्रममा अचानक लाईटर सल्केर फुस्को छानो भएको गाईगोठमा आगलागी हुदा सोही आगोमा जलेर बालिका धनकुमारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

यसै गरी गोठमा रहेका २ वटा गाई र ४ वटा बाख्रा समेत जलेर मृत्यु भएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर