Aamsanchar

२५ वर्षीय धावक तेजेन्द्र प्रधानको कारको ठक्करबाट मृत्यु

Author Image
सोमवार, साउन ४, २०७८

झापा – कारको ठक्करबाट धावक तेजेन्द्र प्रधानको मृत्यु भएको छ। दमक नगरपालिका-५ का २५ वर्षीय प्रधानको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा आइतबार राति पौने ९ बजे मृत्यु भएको प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीका अनुसार नौ दिनअघि दमक-२ स्थित आम्दा अस्पताल सडकखण्डमा बा १६ च ३७२६ नम्बरको कारले सडकमा दौडिरहेका प्रधानलाई ठक्कर दिएको थियो। दुर्घटनामा परी टाउकोमा गहिरो चोट लागेको प्रधानको बिएण्डसी अस्पतालमा उपचार भइरहेको थियो।

कार र चालकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक नवराज कार्कीले जानकारी दिए। धावक प्रधानले छोटो समयमा नै मोफसलदेखि राष्ट्रियस्तरका दौड प्रतियोगितामा विभिन्न पुरस्कार प्राप्त गरेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 94

प्रतिक्रिया (०)