Aamsanchar

पाकिस्तानी समकक्षी खानद्वारा प्रधानमन्त्री देउवालाई बधाई

Author Image
सोमवार, साउन ४, २०७८

काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवालाई पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बधाई दिनुभएको छ । ट्वीटरमार्फत बधाई दिँदै उहाँले आफूले नेपालसँगको सौहार्दपूर्ण सम्बन्धलाई थप सुदृढ गर्न चाहेको बताउनुभएको छ । देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत पाएपछि खानले बधाई दिनुभएको हो ।

उहाँले चासोका विषयहरुमा नेपालसँग नजिक रहेर मिलेर काम गर्न चाहेको पनि उल्लेख गर्नुभएको छ । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि देउवालाई ट्वीटरमार्फत बधाई दिनुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 91

प्रतिक्रिया (०)