Aamsanchar

दुर्घटनामा परी अटोमा सवार १ जनाको मृत्यु

Author Image
सोमवार, साउन ४, २०७८

सुनसरी- सुनसरीको ईटहरी उप-महानगरपालिका-३ मा आईतवार भएको अटो दुर्घटनामा परी अटोमा सवार १ जनाको मृत्यु भएको छ । ईटहरीबाट तालतलैया तर्फ जाँदै गरेको को २ ह ५२६५ नम्बरको अटो आफै अनियन्त्रीत भई बिजुलीको पोलमा ठोकिएर दुर्घटना हुँदा अटोमा सवार रहेकी ईटहरी-४ की ३३ बर्षीया रिया पोखरेल घाईते भएकी थिईन् । घाईतेलाई उपचारको लागी बिराट नर्सिङहोम लगिएकोमा उपचारको क्रममा मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेरको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 101

प्रतिक्रिया (०)

सम्बन्धित खबर