Aamsanchar

चोरीको मोटरसाईकल सहित १ जना पक्राउ

Author Image
सोमवार, साउन ४, २०७८

सुनसरी- सुनसरीको बर्जुगाँपालिका-२ बाट चोरीको मोटरसाईकल सहित चोरीमा संग्लग्न १ जना पक्राउ परेका छन् । आईतवार अपरान्ह पौने ६ बजे बर्जु गाँउपालिका-३ नहर चोक हटियालाईनबाट को ४ प ४६४८ नम्बरको मोटरसाईकल हराएको भनी खबर प्राप्त भएसंगै तत्काल खोजतलासमा खटिएको ईलाका प्रहरी कार्यालय सितागंजको टोलीले चोरी भएको मोटरसाईकल सहित चोरीमा संग्लग्न देवानगंज-५ का ४० बर्षीय बिरेन्द्र रामलाई पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर