Aamsanchar

एमालेले देउवालाई विश्वासको मत दिने २२ सांसदलाई सोध्यो स्पष्टीकरण

Author Image
सोमवार, साउन ४, २०७८

काठमाण्डौ – नेकपा एमालेले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोधेको छ । ललितपुरमा बसेको केन्द्रीय कमिटीको बैठकले पार्टीको निर्देशन र कम्युनिस्ट आदर्श विपरित देउवालाई विश्वासको मत दिने २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

आजको बैठक पार्टीभित्रको विवाद मिलाउन १० बुँदे प्रस्तावकै आधारमा बसेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । बैठकले १० बुँदे प्रस्ताव पनि अनुमोदन गरेको छ । अर्को बैठक भोलि मङ्गलवार दिउँदो ३ बजे बस्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 83

प्रतिक्रिया (०)