Aamsanchar

दाङमा प्रतिबन्धित बन्यजन्तु (रेडपाण्डा) को छाला सहित एक जना पक्राउ

Author Image
सोमवार, साउन ४, २०७८

दाङ । दाङ प्रहरीले प्रतिबन्धित बन्यजन्तु (रेडपाण्डा) को छाला ओसारपसार तथा बिक्रीबितरण कार्यमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ ।

आज घोराही उप महानगरपालिका वडा नम्बर ११ स्थित खैरामा रेडपाण्डाको छाला बिक्री भईरहेको भन्ने बिशेष सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा सल्यान जिल्ला छत्रेश्वरी गाँउपलिका वडा नंम्बर १ दमाचौर बस्ने बर्ष ३२ को लोकमान सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

सुनारले बोकेको रातो रङको झोलामा नङ्ग्रा सहितको रेडपाण्डा जस्तो देखिने सुकेको छाला १ थान, रा ४ प ९८५० नम्बरको मोटरसाईकल १ थान र  रेडमी लाभा मोवाईल २ थान बरामत गरिएको प्रवक्ता रिजाले बताए ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर