Aamsanchar

एमाले वरिष्ठ नेता नेपालसँग प्रचण्ड र यादवको छुट्टाछुट्टै भेट

Author Image
मङ्गलवार, साउन ५, २०७८

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । प्रचण्ड र नेपालबीच मंगलबार बिहान नेपाल निवास कोटेश्वरमा भेटवार्ता भएको हो । नेपाललाई भेट्न मंगलबार बिहान सवा आठ बजे कोटेश्वर पुगेका प्रचण्ड नौ बजेतिर फर्किएको स्रोतले बतायो ।

प्रचण्ड फर्किएलगत्तै जसपा अध्यक्ष उपेन्द्र यादव नेपाल निवासमा प्रवेश गरेका छन् । भेटमा भएको कुराकानीको विषय खुलेको छैन । यद्यपि समसामयिक राजनीति र सरकार सन्चालनका विषयमा कुराकानी भएको स्रोतले बतायो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर