Aamsanchar

विराटनगरको एक होटल अगाडि पुरुषको शव फेला

Author Image
मङ्गलवार, साउन ५, २०७८

विराटनगरको जनआन्दोलन चोक नजिकै एक जना पुरुषको शव भेटिएको छ । स्वस्तिक होटल अगाडिको सटर बाहिर ४० देखि ४५ वर्ष उमेरका पुरूषको मंगलबार बिहान ८ बजे मृत अवस्थामा शव फेला परेका हो ।

गहुँगोरो वर्णका मृतक पुरूषको टाउकोमा चोटपटक लागेको अवस्थामा शव फेला परेको वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी दीपक कार्कीले जानकारी दिए । मृतक पुरूषको पहिचान अहिलेसम्म नखुलेको उनको भनाई छ । मोरङ प्रहरीका मुद्दा फाटका प्रहरी टोली घटनास्थलमा पुगेर मुचुल्का उठाएर गएको छ । स्थानीयका अनुसार उनी विराटनगरमा सडक पेटिकामा सुत्ने गरेका थिए । मृतकको शव पोस्टमार्टम गर्न विराटनगरस्थित कोशी अस्पताल लगिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर