Aamsanchar

विद्युत सर्ट भई आगलागी हुँदा इलाममा एक घर जलेर नष्ट

Author Image
बुधवार, साउन ६, २०७८

इलाम –इलाम नगरपालिका-१ नेपालटारमामा एक घर जलेर नष्ट भएको छ। बजारभन्दा २ किलोमिटर तल पूवाखोला तर्फको डिपी डाँडामा रहेको तेजबहादुर गुरुङको घरमा आगलागी भएको हो। विद्युत सर्ट भई आगलागी हुँदा घर जलेर नष्ट भएको छ। आगलागी नियन्त्रण गर्नका लागि स्थानीयले प्रयास गरे पनि नियन्त्रण गर्न नसक्दा घर र घरका सामग्री जलेर नष्ट भएको स्थानीयको भनाइ छ। आगलागीबाट ४४ लाख बढीको क्षति भएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 399

प्रतिक्रिया (०)