Aamsanchar

एमाले केन्द्रीय कमिटीको बैठक आज पनि

Author Image
बुधवार, साउन ६, २०७८

काठमाण्डौ – नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ । सोमबारदेखि सुरु केन्द्रीय कमिटी बैठक आज पनि बस्न लागेको हो । यसअघि हिजो र अस्ति ललितपुरमा बसेको केन्द्रीय कमिटी बैठकले एमालेमा देखिएको विवाद समाधान गर्न बनेको कार्यदलका १० बुँदे सुझावलाई अनुमोदन गरेको छ । साथै अन्तिम समयसम्म पार्टीभित्रको एकताका लागि पहल गर्ने निर्णय गरेको छ ।

अन्तिम समयसम्म एमालेलाई एकताबद्ध बनाउनुपर्नेमा केन्द्रीय सदस्यहरुले जोड दिँदै आएको पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताउनुभएको छ । सोमबार बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका सांसदलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । तर २४ घण्टे स्पष्टिकरणको पत्र नआएको नेता माधवकुमार नेपाल समूहका सांसद विरोध खतिवडाले बताउनुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 98

प्रतिक्रिया (०)

सम्बन्धित खबर