Aamsanchar

घोराहीमा बाघको छाला बोकेर हिडेका दुईजना पक्राउ

Author Image
बुधवार, साउन ६, २०७८

दाङ । दाङको घोराही उप–महानगरपालिका–३ मा बाघको छाला बोकेर हिडिरहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा जाजरकोट भेरी नगरपालिका–९ का ३२ बर्षे रामबहादुर दमाई र रुकुम पस्चिम मुसिकोट नगरपालिका–१० चौखाबाङका ५४ बर्षे पूर्णसिंह सुनार रहेका छन् ।

आज विहान घोराहीको गोग्ली चोकमा सिमेन्टको बोरा बोकेर हिडिरहेका दमाई र सुनारले शंकास्पद गतिविधी देखाए पछि प्रहरीले चेकजाच गर्दा सिमेन्टको बोरोभित्र शिरदेखि पुच्छर सम्मको सग्लो टाटेपाटे बाघको १ थान छाला फेला परेको दाङ प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका दुई उपर प्रहरीद्वारा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर