Aamsanchar

अवैध ‘रेडबुल’ बिक्री गर्ने चार जना पक्राउ

Author Image
बुधवार, साउन ६, २०७८

काठमाडौँ । अबैध रुपमा भित्रयाईएका  पिय पदार्थ ‘रेडबुल’ बजारमा छ्याप छ्याप उपलब्ध भईरहेको बेला काठमाडौँका विभिन्न पाँच स्थानमा प्रहरीले छापा मारेको छ । महानगरीय अपराध महाशाखाको टोलीले न्युरोड, सिनामंगल, पुरानो बानेश्वर, कपन र गोठाटारमा रहेको स्टोरहरुमा छापा मारेर चारजना रेडबुल बिक्रेता, सञ्चालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाण्डौ महानगरपालिका बबरमहल बस्ने प्रणव स्टोर न्यूरोडका सञ्चालक बर्ष ४४ को रबिनराज ‍श्रेष्ठ, बाँके कोहलपुर नगरपालिका– ९ घर भई काठमाडौं गंगबु बस्ने ओसारपसारमा संलग्न बर्ष ३६ को राजु पौडेल, ओखलढुङ्गा चम्पा देवि गाउँपालिका वडा नंम्बर ३ घर भई हाल निलो पुल बस्ने शक्तिमाता स्टोर कपनका सञ्चालक बर्ष ३१ का धन बहादुर श्रेष्ठ, सर्लाही हरिपुर नगरपालिका १ घर भई हाल काठमाण्डौ गोठाटार बस्ने ओसारपसारमा संलग्न बर्ष ३६ को बिरेन्द्र चौधरी रहेका छन् ।

छापा मारेको चारवटा स्टोरबाट अबैध आयातित रेडबुल बरामद गरिएको महानगरीय अपराध महाशाखाका प्रवक्ता कृष्ण कोईरालाले जानकारी दिए ।

छापामार्ने क्रममा प्रणव स्टोर न्यूरोडबाट ५९ कार्टुन, कपन स्थित शक्तिमाता स्टोरबाट ५९ कार्टुन, ओसारपसारमा संलग्न चौधरीको पिक अप भ्यानबाट ८४ गरि २०२ कार्टुन (४८४८ थान) रेडबुल बरामत भएको प्रहरीले जनाएको छ ।

२०७६ असार मा प्रकाशित राजपत्र भाग–५ मा क्याफिनयुक्त शक्तिवर्द्धक पेय पदार्थ विक्री, वितरण बन्देज गरिएको छ ।

देशभर सर्वसुलभ रूपमा पाइने रेडबुल प्रतिबन्धित भएको हुनाले बेच्न नमिल्ने अपराध महाशाखाले जनाएको छ । पक्राउ गरिएका आरोपीहरूले भारतबाट त्यस्ता पेय पदार्थ ल्याएर बेच्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । पक्राउ गरिएकाहरूलाई थप अनुसन्धान र कारबाहीका लागी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा पठाइने प्रवक्ता कोईरालाले  जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 59

प्रतिक्रिया (०)

सम्बन्धित खबर