Aamsanchar

म्याद गुज्रेका सामानमा नयाँ मिति राखेर बिक्री गर्ने दुईजाना पक्राउ

Author Image
आइतवार, साउन १७, २०७८

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १५ स्थित एक घरबाट ठुलो परिणाममा म्याद गुर्जिएको उपभोग्य बस्तुहरु प्रहरीले छापामारी बरामत गरेको छ ।

सानो भर्याङ भन्ने ठाउँमा समिट कमर्सियल प्रा.लि.ले साढे तिनतले घर भाडाँ लिएर म्याद गुर्जिको बस्तुलाई नयाँ स्टिकर टासेर बिक्री गर्ने गरेको गोप्य सुचनाको आधारमा महानगरिय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले २ करोड बरावरको विभिन्न सामान र भोटेवहाल स्थित गोदाममा राखिएको उपभोग गर्ने अयोज्ञ म्याद सकिएको कस्मेटिक्स सामग्री सहित पर्सा बिरगंज महानगरपालिका वडा न –१३ हाल काठमाडौं वडा– १३ छाउनीमा बस्ने अविनास अग्रवाल र भारत राजस्थान सिकर जिल्ला
हाल काठमाडौं– १५ सानो भर्याङमा बस्ने महावीर गजुर पक्राउ परेको महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी कृष्णप्रसाद कोईरालाले जानकारी दिए ।

बाणिज्य तथा उपभोक्ता हित संरक्षण बिभाग बबहरमहल काठमाण्डौको समन्वयमा गोदाममा सिलबन्धी गरि बिभाग संगको समन्वयमा थप अनुसन्धान तथा कारर्वाही प्रक्रिया सुरु गरिएको प्रवक्ता कोईरालाले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 244

प्रतिक्रिया (०)

सम्बन्धित खबर