Aamsanchar

अदालतले २ बर्ष सजाय तोकेपछि फरार रहेकी तुलसीपुरकी केसी पक्राउ

Author Image
बिहिवार, साउन २८, २०७८

दाङ । लेनदेन मुद्धामा फरार रहेकी दाङकी एक महिला पक्राउ परेकी छन् ।

२०७७ साउन २० गते दाङ जिल्ला अदालतले लेनदेन मुद्धामा २ बर्ष कैद सजाय फैसला गरेपछि फरार रहेकी तुलसीपुर उप–महानगरपालिका–६ गौरीशंकर बस्ने उषा केसीलाई प्रहरीले पक्राउ गरेको हो ।

केसीलाई तुलसीपुर उप–महानगरपालिका–६ मा लुकीछिपी रहेको अवस्थामा दाङ प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

प्रहरीले आजै प्रतिवादी केसीलाई अदातलमा उपस्थित गराएको छ । पछिल्लो समययता दाङ प्रहरीले अपराधिक घटनामा संलग्न भई फरार रहेका प्रतिवादी खोज्ने कामलाई तिब्रता दिएको ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 107

प्रतिक्रिया (०)

सम्बन्धित खबर