Aamsanchar

ताप्लेजुङ जिल्ला अदालतबाट आर्थिक वर्ष ०७७/७८ मा ७० प्रतिशत मुद्दा फर्छ्योट

Author Image
शनिवार, भदौ ५, २०७८

ताप्लेजुङ –ताप्लेङजुङ जिल्ला अदालतले आर्थिक वर्ष २०७७/७८ मा ७० प्रतिशत मुद्दा फर्छ्योट गरेको छ। कुल ४५२ मुद्दामध्ये ३१३ फर्छ्योट भएको हो। अघिल्लो आर्थिक वर्षमा जिम्मेवारी सरी आएका १४४ तथा नयाँ दर्ता भएका ३०८ थान गरी ४५२ मुद्दा फर्छ्योट भएको अदालतका श्रेष्तेदार शम्भुनाथ रेग्मीले जानकारी दिए।

चालु आर्थिक वर्षका लागि भने १३९ थान मुद्दा जिम्मेवारी सरी आएकामा १८ महिना नाघेको एउटा, १२ देखि १८ महिनाभित्रका आठ, छदेखि १२ महिनाभित्रका ४१ र छ महिनाभित्रका ८९ मुद्दा रहेको अदालतले जानाएको छ। गत आर्थिक वर्षमा छ महिनाभित्रका १२०, छदेखि १२ महिनाभित्रका १५३, १२ देखि १८ महिनाभित्रका ३५ र १८ महिना नाघेका पाँच गरी कुल ३१३ मुद्दा फर्छ्योट भएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 105

प्रतिक्रिया (०)

सम्बन्धित खबर