Aamsanchar

आज थप ३५ जना नेपाली अफगानिस्तानबाट स्वदेश आइपुगे

Author Image
शनिवार, भदौ ५, २०७८

काठमाण्डौ – तालिबान समूहले कब्जा गरेको अफगानिस्तानबाट आज थप ३५ जना नेपाली स्वदेश आइपुगेका छन् । आज दुई उडानबाट आएका ३५ जनासहित तालिबानले काबुल कब्जा गरेपछि त्यहाँबाट स्वदेश फर्कने नेपालीको सङ्ख्या पाँच सय चार जना पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

तालिबानले काबुल कब्जा गरेपछि नेपाल सरकारलाई त्यहाँ रहेका नेपालीहरुलाई उद्धार गर्न आफ्नो विवरण उपलब्ध गराउन आग्रह गर्दै अनलाइन दर्ताको व्यवस्था गरेको छ । परराष्ट्रमन्त्रालयले व्यवस्था गरेको अनलाइनमा अहिलेसम्म तीन सय १७ जनाले नाम दर्ता गराएका छन् । नाम दर्ता गराउनेमा कतिपय एकै व्यक्तिको फरकफरक ठाउँबाट नाम दर्ता भएको र कतिपय नेपाल फर्किसकेकाले आउन बाँकीहरुको एकिन गरी नेपाल ल्याउन विभिन्न देशसँग सहकार्य गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 128

प्रतिक्रिया (०)