Aamsanchar

इक्यान पूर्वाञ्चलद्धारा तीनवटा संस्थालाई सहयोग

Author Image
आइतवार, भदौ १३, २०७८

झापा – नेपाल शैक्षिक परामर्श संघ (इक्यान )को२५ औं बार्षिकोत्सबको अवसर पारेर इक्यानको शाखा कार्यालय इक्यान पूर्वाञ्चलले तीनवटा संस्थालाई सहयोग गरेकोे छ । इक्यान पूर्वाञ्चलले बिराटनगर १ स्थित सयपत्री परोपकार आधारभूत बिद्यालयमा बोर्ड तथा सिलिङ पङ्खा , इटहरी ४ स्थित हेल्पलेस चिल्ड्रेन वेल्फियर मिसनमा रहेका बालबालिकाहरु लाई खाद्यान्न र धरान ३ स्थित भानु स्मृति माबिमा वाल पङ्खा प्रदान गरी रजत जयन्ती मनाएको इक्यान पूर्वाञ्चलका कोषाध्यक्ष तथा ग्लोवल टच एजुकेशन फाउण्डेशनका प्रवन्ध निर्देशक दिपक गौतमले जानकारी दिए ।

इक्यान पूर्वाञ्चलका अध्यक्ष रोशन शर्मा निरौलाको अध्यक्षता मा भएको कार्यक्रम बिराटनगरबाट शुरु भएर इटहरी हुँदै धरान मा सम्पन्न भएको थियो। कोरोना कहरका बीच संस्थाको सामाजिक उत्तरदायित्व अन्र्तगत यस्तो कार्यक्रम गरिएको इक्यान पूर्वाञ्चलका अध्यक्ष रोशन शर्मा निरौलाले बताए । कोरोना कहरका बीच इक्यान पूर्वाञ्चलका पदाधिकारीहरु मात्र उपस्थित रहेर स्वास्थ्य मापदण्ड अपनाएर उक्त कार्यक्रम गरिएको इक्यान पूर्वाञ्चलका उपाध्यक्ष प्रकाश लकान्द्रीले बताए ।

कोरोना कहरको महामारीको समयमा पनि अत्यावश्यक सामग्री प्रदान गरेर इक्यान पूर्वाञ्चलले रजत जयन्ती मनाएको भन्दै ती संस्थाका प्रमुख तथा पदाधिकारीहरुले इक्यान पूर्वाञ्चललाई धन्यवाद दिएको इक्यान पूर्वाञ्चलका कोषाध्यक्ष तथा ग्लोवल टच एजुकेशन फाउण्डेशनका प्रवन्ध निर्देशक दिपक गौतमले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 107

प्रतिक्रिया (०)

सम्बन्धित खबर