Aamsanchar

करेन्ट लागेर २८ बर्षीय युवकको मृत्यु

Author Image
शुक्रवार, भदौ १८, २०७८

मोरङ-  मोरङ बिराटनगर महानगरपालिका १८ खोक्साहा मा करेन्ट लागेर १ युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा २८ बर्षीय पप्पु कुमार मण्डल रहेका छन् । आज दिउँसो ११ बजे विराटनगर १७ स्थितमा रहेको रघुपति जुट मिलमा काम गर्ने क्रममा अचानक करेन्टलागेर घाईते भएका मण्डलको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा दिउँसो साढे ११ बजे मृत्यु भएको थियो । घटनाको बारेमा ईलाका प्रहरी कार्यालय रानीबाट प्रहरी टोली खटिएर थप अनुसन्धान गरिरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर