Aamsanchar

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीको सरुवा

Author Image
मङ्गलवार, भदौ २२, २०७८

काठमाडौं – गृह मन्त्रालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीको सरुवा गरेको छ । प्रजिअ पराजुलीलाई मन्त्रालयमा सरुवा गरिएको हो । उनको ठाउँमा मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव गोविन्दप्रसाद रिजाललाई पठाइएको छ । मन्त्रालयमा हाजिर भएपछि पराजुलीको शाखा तोकिनेछ ।

पराजुलीसँग बालुवाटार र गृहमन्त्रालय रुष्ट थियो । हालै माधवकुमार नेपालले नयाँ पार्टी बनाउने प्रक्रियामा चन्द्रागिरी रिसोर्टमा केन्द्रीय सदस्यहरुको भेला राखेका थिए । सीडीओ पराजुलीले महामारीको वेला भिड जम्मा गरेको भन्दै रिसोर्टलाई स्पष्टिकरण सोधेका थिए । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले पराजुलीलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 87

प्रतिक्रिया (०)

सम्बन्धित खबर