Aamsanchar

प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी

Author Image
शुक्रवार, भदौ २५, २०७८

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भएको छ । परिस्थितिमा फेरबदल नभए केही दिनमै गठबन्धन भित्रका दलले अविश्वासको प्रस्ताव पेस गर्ने नेताहरुले बताएका छन् । प्रदेशसभामा सत्तारुढ दल नेकपा एमाले अल्पमतमा परेको छ । एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) गठन भएसँगै एमाले नेतृत्वको सरकार अल्पमतमा परेको हो । सरकार परिवर्तनको तयारीमा पाँच दलीय गठबन्धन जुटेका छन् ।

निर्वाचन आयोगले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई प्रदेशमा प्रमाणपत्र लिएलगत्तै संसदीय दलको नेता चुन्ने र त्यसपछि सरकार परिवर्तनको औपचारिक प्रक्रिया सुरु हुने गठबन्धनभित्रका नेताहरुले बताएका छन् ।

प्रदेश १ मा नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी ९जसपा० नेपाल, संघीय लोकतान्त्रिक मञ्च मिलेर नयाँ सरकार गठन गर्न लागेका हुन् ।

एमाले विभाजन हुनलाग्दा नेताहरुलाई आफ्नो पक्षमा तान्ने प्रयासस्वरुप अध्यक्ष केपी शर्मा ओलीले आफूनिकट शेरधन राईलाई हटाएर तेश्रो धारका आचार्यलाई मुख्यमन्त्री बनाएका हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 253

प्रतिक्रिया (०)