Aamsanchar

अरुण ३ पावर डेभलपमेन्टद्वारा ढल्केबर–बथनाह प्रसारण लाइनमा पर्ने जग्गाको मुआब्जा दाबी गर्न आग्रह

Author Image
शनिवार, भदौ २६, २०७८

संकेतिक तस्वीर । श्रोत शिलापत्र

ढल्केबर । एसजेभिएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनीले ४०० केभी क्षमताको डिडिंग–ढल्केबर–बथनाह प्रसारण लाइनमा पर्ने जग्गाको मुआब्जा दाबी गर्न आग्रह गरेको छ । एसजेभिएन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको प्रवर्धक कम्पनी हो ।

उदयपुर जिल्लाका साविकका इनामे, लेखगाउँ, बर्रे, तावाश्री, सिसिरे लिम्पाटार गाविसका विभिन्न वडाको जग्गा अधिग्रहण गर्न लागिएकाले मुआब्जा दाबी गर्न कम्पनीले आह्वान गरेको हो । प्रसारण लाइन बनाउनका लागि उक्त क्षेत्रमा पर्ने घर, टहरा, रुद्ध विरुवा लगायतको अधिग्रहण गर्नुपर्ने हुन्छ । सोही कारण, त्यस क्षेत्रको जग्गा अधिग्रहण गर्नैपर्ने र जग्गा नदिनुको कुनै कारण भएका कम्पनीमार्फत गृह मन्त्रालयलाई जानकारी गराउन समेत कम्पनीले भनेको छ ।

यस्तै, सूचना प्रकाशन भएको मितिदेखि उक्त क्षेत्रमा पर्ने जग्गा रोक्का गरिने हुँदा त्यस क्षेत्रमा अब कुनै पनि संरचना नबनाउन कम्पनीको आह्वान छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 35

प्रतिक्रिया (०)