Aamsanchar

निगुरो टिप्न गएका एक पुरूषको पाँच दिनपछि कंकाल फेला

Author Image
आइतवार, भदौ २७, २०७८

चितवनको जंगलमा निउरो टिप्न पसेका एक पुरूषको पाँच दिनपछि कंकाल भेटिएको छ। भरतपुर महानपालिका-१३ पृथ्वीनगरस्थित ऋषिराम न्यौपानेको घरमा बसोबास गर्दै आएका कास्कीका ५५ वर्षीय बसन्तमणि सुवेदीको शनिबार दिउँसो कंकालमात्रै भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दियो।

जिल्ला प्रहरीका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाका अनुसार शनिबार दिउँसो साढे १ बजेतिर दक्षिणकाली सामुदायिक वनभित्र खोजतलास गर्नेक्रममा उनले लगाएको अन्डरवयर, ढाका टोपी, चप्पल फेला परेको थियो। सोही स्थानमा मानव कंकाल(खप्परका केही हड्डी) पनि भेटिएको थापाले बताए।

त्यहाँ भेटिएका सामान बसन्तमणिका आफन्तले पहिचान गरेपछि सनाखत भएको डिएसपी थापाले बताए। कंकाल र घटनास्थलको अवस्था हेर्दा जंगली जनावरले आक्रमण गरी खाएकोजस्तो देखिएको थापाले बताए। भदौ २१ गते निउरो टिप्न गएपछि नफर्किएका ती व्यक्तिको विषयमा २४ गते प्रहरीलाई खबर गरिएको थियो। घटनाको विषयमा थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर