Aamsanchar

मोरङबाट १९ लाख मूल्य बराबरको अवैध औषधि बरामद

Author Image
आइतवार, भदौ २७, २०७८

विराटनगर – सशस्त्र प्रहरीले नेपाल-भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका-१६ रानीबाट लगभग १९ लाख मूल्य बराबरको अवैध औषधि बरामद गरेको छ। सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलका अनुसार दुईवटा काटुनमा लुकाएर झाडीमा फ्यालेको अवस्थामा औषधि बरामद गरिएको हो ।

डेक्समिडाइन, टिगेवेस्ट, टिकोवाक्ट, कुटेनोक्स, डोटामिन, निप्रेस लगायतका ११ प्रकारका औषधि बरामद गरिएको जानकारी पौडेलले दिए। उनका अनुसार औषधि भारतबाट अवैध रूपमा भन्सार छली गरेर ल्याएको हुनसक्छ। तर औषधि कसको हो भन्ने खुलेको छैन। ‘बेवारिसे अवस्थामा औषधि बरामद गरिएको हो।

‘भारतबाट भन्सार छली गरेर ल्याएको आशंका छ,‘ पौडेलले भने, ‘औषधिको तस्करीमा संलग्नको खोजी भइरहेको छ। सशस्त्र प्रहरीलाई देखेपछि तस्करीमा संलग्नहरु औषधि फ्यालेर भागेका हुनसक्छन्।’ औषधि आवश्यक कारबाहीका लागि आइतबार औषधि व्यवस्था विभाग विराटनगरमा बुझाइएको उनको भनाइ छ।

विभागका फार्मेसी निरीक्षक दीपेन्द्र खड्काले बरामद भएका औषधि अति आवश्यकीय रहेको बताए। उनका अनुसार अधिकांश औषधि कोरोना संक्रमित, मुटुको समस्या भएका बिरामीका लागि प्रयोग हुन्छन्। त्यस्तै शरीरमा रगत जम्न नदिने खालका औषधि पनि रहेको खड्काले बताए। यस विषयमा आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी उनले दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 410

प्रतिक्रिया (०)

सम्बन्धित खबर