Aamsanchar

बबई नदीमा डुबेर १८ बर्षिय युवकको ज्यान गयो

Author Image
सोमवार, भदौ २८, २०७८

दाङ –दाङको बबई नदीमा डुबेर एक जनाको ज्यान गएको छ । राप्ती गाउँपालिका–८ पिपरी का १८ वर्षका आशिष चौधरीको डुबेर ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । चौधरी गएको शुक्रवार दङ्गीशरणमा रहेको साथीको घरमा गएका थिए। साथीसँग नदीमा पौडी खेल्ने क्रममा चौधरीलाई हिजो नदीले डुबाएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 100

प्रतिक्रिया (०)