Aamsanchar

पशुपतिको आर्यघाटमा शवको लाइन !

Author Image
सोमवार, भदौ २८, २०७८

काठमाडौं –पशुपतिको आर्यघाटमा दाउरा अभावका कारण शवको लाइन लागेको छ । आर्यघाटमा दाउरा अभावका कारण शव जलाउन नपाएपछि शवको लाइन लागेको हो । दाउरा अभावका कारण आर्यघाट ल्याइएका शवहरु जलाउन नपाएपछि यत्रतत्र अलपत्र छन् । एक मलामीका अनुसार बिहान ४ बजे ल्याएको शव अझै जलाउन पाएको छैन् ।

यहाँ दाउरा छैन भन्छन् कहाँबाट हामीले ल्याउने उनले प्रश्न गरे । यस्तो कोरोना महामारीको समयमा समेत दाउरा अभाव गरेर शवको लाइन लगाउनु दुखद भएको उनले बताए । शव जलाउन नपाउँदा मृतकका आफन्तहरु आक्रोशित समेत भएका छन् । उनीहरुले पशुपति क्षेत्र विकास कोषको यस्तो लापरवाहीले सबैलाई दुखी बनाएको बताएका छन् ।

शव जलाउन दाउरा व्यवस्थापन गर्ने एक कर्मचारीले डिपोबाट दाउरा ल्याउन नसकेका कारण दाउरा उपलब्ध गराउन नसकेको बताएका छन् । ‘डिपोमा दाउरा छ’ उनले भने’ ‘तर आर्यघाटसम्म ल्याउन समस्या भएको छ । दाउराको डिपो पशुपतिको आसपास नै रहेको बताइएको छ ।’ यता, पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक घनश्याम खतिवडाले डिपोमा काठ चिर्ने मान्छेले समयमै नचिर्देको कारण दाउरा अभाव भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘दाउरा चिर्ने मानिसले समयमै नचिर्देको कारण दाउरा अभाव भएको थाहा पाए, अब तत्काल त्यसको व्यवस्थापनमा म लाग्नेछु ।’

उहाँले दाउराका कारण सर्वसाधारणमा पर्न गएको असुविधा प्रति क्षमा समेत माग्नुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 77

प्रतिक्रिया (०)

सम्बन्धित खबर