Aamsanchar

नगरपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई अदालतमा उपस्थित हुन आदेश

Author Image
मङ्गलवार, भदौ २९, २०७८

जनकपुरधाम – उच्च अदालत जनकपुरले धनुषाको हंसपुर नगरपालिकाका प्रमुख रामज्ञान मण्डल र प्रमुख प्रशासकीय अधिकृत रामलोचन मण्डललाई उपस्थित भई वयान दिन आदेश दिएको छ। संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले साउन २८ गते हंसपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाएको केशवकुमार अधिकारीलाई नगरपालिकामा हाजिर हुन नगरप्रमुख मण्डलले रोकेका थिए। हाजिर हुन नदिएपछि अधिकारले आफूलाई कार्यालयमा हाजिर हुन नदिएको भन्दै उच्च अदालतमा रिट पेश गरेका थिए। उक्त रिटमा अदालतले साउन ९ गते अधिकारीलाई हाजिर गर्नबाट रोक लगाउने कार्य नगर्नु नगराउनु भनी हंसपुर नगरपालिकाको कार्यालय समेतका नाउँमा अन्तरिम आदेश जारी गरिएको थियो।

तर, नगरप्रमुख मण्डल र प्रमुख प्रशाकीय अधिकृत मण्डलले अदालतको आदेशको अवज्ञा गर्दै मन्त्रालयले अधिकारीलाई कार्यालयमा हाजिर गर्न हुन दिएनन्। अदालतको आदेशलाई नमानेकाले न्यायधीशद्वय हरिप्रसाद वाग्ले र रमेश ढकालको इजलाशले दुवैलाई अदालतमा भौतिक रुपमा उपस्थित भई बयान दिन सोमबार आदेश दिएको हो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 303

प्रतिक्रिया (०)