Aamsanchar

काँकडभिट्टाबाट छुटेकाे बस र विपरीत दिशाबाट आउँदै गरेको ट्रक ठोक्किंदा मृत्यु भएकाको पहिचान खुल्यो

Author Image
मङ्गलवार, भदौ २९, २०७८

चितवन- गैंडाकोटमा आज बिहान बस र ट्रक ठोक्किंदा  मृत्यु भएकाहरुको पहिचान खुलेको छ । मृत्यु हुनेहरुमा बर्दिया जिल्ला बाँसवारी नगरपालिका वडा नं. ८ कि ७० वर्षीया योगमाया सुवेदी, कञ्चनपुरको महेन्द्रनगर झलारी बस्ने ३५ वर्षीय कृष्ण राना र कञ्चनपुरकै ४० वर्षीया रंगी तिवारी रहेको प्रहरीले जनाएको छ । सुवेदीको भरतपुर अस्पताल र अन्य दुईको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जना गम्भीर, ७ जना मध्यम र १४ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । गैंडाकोट नगरपालिका वडा नं. १० स्थित २३ स्मृति पुल नजिकै सुदूरपश्चिम प्रदेश ०२-००१ ख ११२३ नम्बरको काँकडभिट्टाबाट महेन्द्रनगरका लागि छुटेकाे बस र विपरीत दिशाबाट आउँदै गरेको ना६ख ७१२६ नम्बरको ट्रक मंगलबार बिहान चार बजेतिर ठोक्किएका थिए ।

नयाँ मेडिकल कलेजमा उपचाररत घाइतेहरुको विवरण

  • कञ्चनपुरको बेलपुर बस्ने वर्ष ३२ को चित्रदेव लेखक, टाउकोमा चोट, अवस्था गम्भीर (रा.अ.कर्मचारी) ।
  • जुम्लाको तिला–४ बस्ने वर्ष ३३ को टोपबहादुर शाही, टाउको, मुख र छातीमा चोट, अवस्था गम्भीर
  • बर्दिया बाँसगढी–८ वस्ने वर्ष ८२ को डिल्लीराम सुवेदी, छातीमा भित्री चोट, अवस्था गम्भीर
  • बस चालक कञ्चनपुर कञ्चनपुर नगरपालिका–४ बस्ने वर्ष ४२ को लालविर लोहार, छातीमा भित्री चोट, अवस्था मध्यम
  • ट्रक चालक प्यूठान नगरपालिका–१० बस्ने वर्ष २७ को अमृत सिंह विष्ट, टाउकोमा चोट, अवस्था मध्यम ।
  • महोत्तरीको बर्दिवास–७ बस्ने वर्ष २३ को रमेश यादव, हात र खुट्टामा चोट, अवस्था मध्यम ।
  • रुपन्देही बस्ने वर्ष २८ को सुरज अधिकारी, टाउको र कानमा चोट, अवस्था मध्यम
  • सुर्खेतको विरेन्द्रनगर नगरपालिका–७ बस्ने वर्ष ४२ को मन कुमार थापा, ढाड र छातीमा चोट, अवस्था मध्यम ।
  • झापा बस्ने वर्ष ३६ को मन कुमार श्रेष्ठ, हात र खुट्टामा चोट, अवस्था मध्यम ।
  • कञ्चनपुरको झलारी बस्ने वर्ष २६ की उर्मिला तिरुवा, पेटमा रगत जमेको, अवस्था मध्यम ।
  • सुर्खेतको विरेन्द्रनगर–४ बस्ने वर्ष ४० को राम बहादुर थापा, हात र खुट्टामा चोट, अवस्था सामान्य ।
  • नवलपरासी (पूर्व) हुप्सेकोट–३ बस्ने वर्ष २६ की सबिना लिम्बु, खुट्टामा चोट, अवस्था सामान्य ।
  • नवलपरासी (पूर्व) हुप्सेकोट–३ बस्ने वर्ष २ को जोशन सारु मगर, टाउकोमा चोट, अवस्था सामान्य ।
  • नवलपरासी (पूर्व) पुरानो बेलहानी बस्ने वर्ष १८ की गंगा ओली, छाती र पेटमा चोट, अवस्था सामान्य ।
  • कैलाली बस्ने वर्ष १६ की रोशनी अधिकारी, शरीरमा चोट, अवस्था सामान्य  ।
  • कञ्चनपुरको महेन्द्रनगर नगरपालिका–१ बस्ने वर्ष ४९ को मोहन कोइराला, पेटमा चोट, अवस्था सामान्य
  • जुम्लाको तिला–४ बस्ने वर्ष २६ को चन्द्रनाथ योगी, हात र खुट्टामा चोट, अवस्था सामान्य ।
  • झापाको बाहुनडाँगी बस्ने वर्ष १६ को पारस ढकाल, हात र खुट्टामा चोट, अवस्था सामान्य ।
  • मोरङको विराटनगर–३ बस्ने वर्ष २१ की पुजा रेग्मी, हात र खुट्टामा चोट, अवस्था सामान्य (डिष्चार्ज) ।
  • मोरङको विराटनगर–३  वर्ष २८ को सरोज पोखरेल, हात र खुट्टामा चोट, अवस्था सामान्य । (डिष्चार्ज) ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 365

प्रतिक्रिया (०)