Aamsanchar

एक दिनका लागि गाउँपालिका अध्यक्ष बनिन् १६ वर्षीया सुस्मिता

Author Image
मङ्गलवार, भदौ २९, २०७८

विराटनगर – मोरङकी १६ वर्षीया बालिका सुस्मिता ऋषिदेव एक दिनका लागि बुढीगंगा गाउँपालिकाको अध्यक्ष बनेकी छन् । ५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा उनलाई एक दिनका लागि अध्यक्षको जिम्मेवारी दिइएको हो ।

स्थानीय सरकार के हो र यसले कसरी काम गर्छ भन्ने अनुभूति बालबालिकाहरुलाई दिलाउने उद्देश्यले बालिकालाई बाल दिवसको दिन जिम्मेवारी दिएको गाउँपालिकाले जनाएको छ । मंगलबार गाउँपालिका अध्यक्ष बालचन्द्र माझीले ऋषिदेवलाई अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 314

प्रतिक्रिया (०)

सम्बन्धित खबर