Aamsanchar

दशैंको टिकट बुकिङ असोज दोस्रो सातादेखि खुल्न सक्ने

Author Image
मङ्गलवार, भदौ २९, २०७८

काठमाडौं – यातायात व्यवस्था विभाग र यातायात व्यवसायीले दशैं नजिकिंदै गएपछि अग्रिम टिकट बुकिङबारे छलफल थालेको छ। विभागका प्रवक्ता लोकनाथ भुसालले यातायात व्यवसायीहरूसँग मंगलबारदेखि छलफल सुरु गरेको बताए।

भुसालका अनुसार असोजको दोस्रो सातादेखि बुकिङ खोल्ने कि भन्ने छ। तर‚ अहिले नै केही निर्णय नभएको उनले बताए। ‘छलफल भइरहेको छ,’ प्रवक्ता भुसालले भने‚ ‘अबको एक दुई दिनमा कहिलेबाट खोल्ने समयको टुंगो लाग्छ।’

दशैँको बेला यात्रुलाई सुरक्षित ढंगले गन्तब्य सम्म पुर्‍याउने उनको भनाइ छ। कोभिड-१९ महामारीभन्दा अगाडि दशैंमा करिब २१ लाख यात्रुले उपत्यका छाड्ने गरेका थिए। तर‚ कोभिड संक्रमण फैलिएपछि गत वर्ष उपत्यका छाड्नेको संख्या घटेको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 88

प्रतिक्रिया (०)

सम्बन्धित खबर