Aamsanchar

आईपीएल क्रिकेट : पहिलो क्वालिफायरमा आज दिल्ली र चेन्नई खेल्दै

Author Image
आइतवार, असोज २४, २०७८

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा आज दिल्ली क्यापिटल्स र चेन्नई सुपर किङ्ग्स खेल्दैछन् । समूह चरणमा शीर्ष दुईमा रहेका दिल्ली र चेन्नई फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा खेल्न लागेका हुन् । खेल दुबईमा बेलुका पौने ८ बजे सुरु हुनेछ । आज हार्ने टोलीले रोयल च्यालेञ्जर्स बेङ्ग्लोर र कोलकाता नाइटराइडर्सबीचको विजेतासँग खेल्नेछ ।

आईपीएलको प्लेअफ समीकरण शुक्रवार पूरा भएको हो । मुम्बई इन्डियन्स, पञ्जाब किङ्ग्स, सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स बाहिरिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 71

प्रतिक्रिया (०)

सम्बन्धित खबर