Aamsanchar

प्रदेश १ कोरोना अपडेट

Author Image
आइतवार, असोज २४, २०७८


विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११० जनामा कोरोना संक्रमण भएको छ । ५८८ जनाको पीसीआर परीक्षण गर्दा १०३ र ९७ जनाको एन्टिजेन परीक्षण गर्दा ७ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ४७, मोरङमा ३२, सुनसरीमा १५, धनकुटा र तेहृथुममा २–२, इलाममा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।

झापाको विर्तामोडमा १२, कनकाईमा १०, दमकमा ७, बुद्धशान्ति र मेचीनगरमा ६–६, शिवसताक्षीमा ३, कमल गाउँपालिकामा २, भद्रपुरमा १, मोरङको विराटनगरमा २४, सुन्दरहरैचामा ३, रंगेली, पथरीशनिश्चरे, बेलबारी, उर्लाबारी र ग्रामथानमा १–१, सुनसरीको इटहरीमा १३, इनरुवा र गढीमा १–१, धनकुटाको छथरजोरपोटी र महालक्ष्मीमा १–१, तेहृथुमको आठराईमा २, इलामको मांसेबुङमा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २११ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १२४ महिला र ८७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 42

प्रतिक्रिया (०)

सम्बन्धित खबर