Aamsanchar
Adv top
Adv below_nav

मोरङको कर्सियामा बैंक लुट्ने प्रयास गर्ने तीन जना पक्राउ


मोरङको धनपालथान गाउँपालिकाको कर्सियामा बैंक लुट्ने प्रयास गरेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सिटिजन्स बैंकको कर्सिया शाखामा हिजो दिउँसो रकम लुट्ने उद्देश्यले छिरेको समूहलाई सुरक्षागार्डले रोक्ने क्रममा लुटेरा समूहले गोली चलाई फरार रहेकामा तीनजनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एवं प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिए । गोली लागी घाइते भएका गार्डको अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



























लाईक गर्नुहोस् ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।
Adv footer