Aamsanchar

सुनसरीमा पहिरोले घर पुरिदा दुई जना बच्चाको मृत्यु

Author Image
मङ्गलवार, कार्तिक २, २०७८

सुनसरी । धरानमा आज परेको अबिरल बर्षाको कारण घर पुरिदा दुई जना बच्चाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी धरान उपमहानगरपालिका १३ नागेश्वर मार्ग बस्ने निसान राईको छोरी ८ बर्षीया निसु राई र छोरा ४ बर्षीय निहान राई रहेका छन् ।

आज दिउसो पौने २ बजे घरमाथीबाट पहिरो झरी उनको १ तले टिनको छाना भएको घर पुरिदा सो घर भित्र रहेका दुई जना बच्चा समेत पुरिएका थिए ।

घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय धरानबाट उद्धारको लागी प्रहरी टोली खटि गएको थियो । उद्धारमा खटिएको प्रहरी टोलीले दिउसो साढे ३ बजे दुईजना बच्चालाई मृत अबस्थामा फेला पारेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर