Aamsanchar

इटहरीको अधिकांस क्षेत्र जलमग्न, कोशी राजमार्ग अवरुद्ध, उद्धारको लागि सेना, प्रहरी परिचालन

Author Image
मङ्गलवार, कार्तिक २, २०७८

इटहरी । अविरल बर्षाको कारण इटहरी क्षेत्र डुबानमा परेको छ । इटहरीस्थित खेती खोला, टेङ्ग्रा खोला, बूढी खोलाहरूमा आएको बाढिका कारण अधिकांस क्षेत्र डुबानमा परेको हो । वर्षाका कारण इटहरीका अधिकांस भुभागहरू जलमग्न बनेका छन भने सयौं घरहरू समेत डुबानमा परेका छन ।

स्थानीय खोलाहरूमा आएको बाढीका कारण अहिले कोशी राजमार्ग अवरूद्ध बनेको छ । तरहराको पानीपियामा आएको बाढिले घरहरू संगै मानिसहरू पनि डुबानमा परेपछि उनिहरूको तत्काल उद्धारकालागि नेपाली सेना र प्रहरी परिचालन गरिएको छ भने पानीको सतह बढेर सोझै मुख्य राजमार्गबाट बग्न थालेको छ । बाढिबाट थप क्षति हुन नदिन इटहरीको अधिकांस क्षेत्रहरूमा स्थानीयहरूको उद्धारकालागि नेपाली सेना र प्रहरीहरू परिचालन गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर