Aamsanchar

बाढी र पहिरोबाट १९ जिल्ला प्रभावित

Author Image
बुधवार, कार्तिक ३, २०७८

अविरल बर्षाको कारण आएको बाढी र पहिरोमा परेर ६ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयकाअनुसार बाढी र पहिरोमा परेर कालिकोट, डडेल्धुरा, डोटी र सुनसरीमा ६ जनाको मृत्यु भएको हो । मन्त्रालयका अनुसार बाढी–पहिरोमा परेर कालिकोटमा १, डडेल्धुरामा १, डोटीमा २ र सुनसरीमा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

वर्षाका कारण १९ जिल्ला प्रभावित भएका छन् । प्रभावित जिल्लाहरुमा कालिकोट, डडेल्धुरा, कञ्चनपुर, बझाङ, बर्दिया, कैलाली, डोटी, सुनसरी, दैलेख, दार्चुला, बाजुरा र सुर्खेत लगायत रहेका छन् । बाढी र पहिरोबाट प्रभावित ४ वटा घरमा पूर्ण रुपमा क्षति पुगेको छ भने करिव ५०० घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै गृहमन्त्री बालकृष्ण खाँणले प्रभावित जिल्लाहरुमा नागरिकको जीउ धनको सुरक्षाका लागि सबै सुरक्षा निकायहरुलाई संयुक्त प्रयास जारी राख्न निर्देशन दिएका छन् । मन्त्री खाँणले प्रभावित स्थानहरुलाई मध्यनजर गरी नेपाली सेनाको हेलिकप्टरलाई तयारी अवस्थामा राख्न र राहत तथा उद्धारका लागि आवश्यक सामाग्रीहरु समयमै उपलव्ध गराउन सकिने व्यवस्थापन गर्न निर्देशन दिएका छन् ।

मन्त्रालयले बर्षा कायमै रहेको र अझै केही दिन कायम रहने भनी जल तथा मौसम विज्ञान विभागबाट जानकारी प्राप्त भएको भन्दै तटीय र जोखिमयुक्त स्थानमा रहेका सम्पूर्ण नागरिकहरुलाई उच्च सतर्कता कायम राख्न अनुरोध समेत गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 227

प्रतिक्रिया (०)

सम्बन्धित खबर