Aamsanchar

विराटनगर विमानस्थल डुबानमा परेपछि भद्रपुरमा उडान थप

Author Image
बुधवार, कार्तिक ३, २०७८

काठमाडौं- विराटनगर विमानस्थल डुबानमा परेपछि वायुसेवा कम्पनीले झापाको भद्रपुरमा उडान बढाएका छन् । बुद्ध एयरले एक सूचना जारी गरि भद्रपुरमा उडान संख्या थपेको जानकारी गराएको छ ।

विराटनगरको साटो विकल्पमा सो विमानस्थल प्रयोग गर्न सकिने भन्दै कम्पनीले ट्राभल कम्पनी वा मोबाइल एपबाटै टिकट लिन सकिने समेत जानकारी गराएको छ । विराटनगर विमानस्थलमा भने बाढी पसेसँगै बुधबार बिहानैबाट अवरुद्ध भएको छ । भद्रपुरमा भने बिना अवरोध उडान भइरहेको कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 201

प्रतिक्रिया (०)

सम्बन्धित खबर