Aamsanchar

पाँचथरका विभिन्न स्थानमा गएको पहिरोमा परी ७ जनाको मृत्यु, २ वेपत्ता

Author Image
बुधवार, कार्तिक ३, २०७८

फिदिम– अबिरल वर्षाका कारण पाँचथरका विभिन्न स्थानमा गएको पहिरोमा परी सातजनाको ज्यान गएको छ । थप दुईजना वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पहिरोका कारण दजर्नौं परिवार विस्तापित भएका छन् । टेलीफोन सेवा अवरुद्ध भएका कारण थप क्षतिको यकिन विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय पाँचथरका इनिस्पेक्टर डम्बर विश्वकर्माले जानकारी दिए ।

पहिरोमा परी फिदिम नगरपालिका ४ का ममता मगर र रोयन मगरको ज्यान गएको छ । कुम्मायकको माङ्जावुङकी ४० वर्षीया डम्बर कुमारी शेर्मा, मिक्लाजुङ ४ का ६५ वर्षीय धनबहादुर लावती, फाल्गुनन्द गाउँपालिकाका २८ वर्षीय फुर्वा तामाङको पहिरोले पुरिएर ज्यान गएको हो।

यस्तै मिक्लाजुङ गाउँपालिका ५ मा एक जना र फाल्गुनन्द गाउँपालिका ४ मा एकजनाको ज्यान गएको प्रहरी जनाएको छ । उनीहरुको सनाखत हुन  बाँकी छ  । मिक्लाजुङ–४ र फाल्गुनन्द १ मा दुईजना बेपत्ता छन् । मेची राजमार्ग, मध्यपहाडी लोकमार्गलगायका सडक अरुद्ध छन्। विद्युत, टेलिफोन, इन्टरनेट सेवा अवरुद्ध छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 178

प्रतिक्रिया (०)