Aamsanchar

नाम्खामा अलपत्र चार विदेशी र तीन नेपाली नागरिकको हेलिकप्टरबाट उद्धार

Author Image
बिहिवार, कार्तिक ४, २०७८

हुम्ला – हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका तुम्लिङमा अलपत्र परेका चार विदेशी र तीन नेपाली नागरिकको हेलिकप्टरबाट उद्धार गरिएको छ । हिमपातले तीन दिनदेखि अलपत्र परेका उनीहरूलाई आज बिहीवार उद्धार गरी सिमकोट ल्याइएको हो ।

हिमपातले वडा नं ६ लिमीको तुम्लिङमा अलपत्रमा परेर उद्धार गरिएका चार स्लोभानियाली नागरिक रहेका हुन् भने तीन उनीहरूसँगै गएका नेपाली नागरिक ट्रेकिङ गाडइ छन् । अलपत्र परि उद्धार हुनेमा स्लोभिनियाका बर्निक स्टोजन, ग्रोसोज बिक्टर, कोटिनक ल्भाम, लापन्जा कास्टेलिक दानीजेला छन् ।

हिमपातले तीनदेखि लिमीको तुम्लिङमा अलपत्र परेका स्लोभानियाली तीन पुरुष र एक महिलासहित तीन नेपाली ट्रेकिङ गाइडको एअर डाइनेस्टिक हेलिकोप्टरबाट उद्वार गरी सिमकोट ल्याइएको छ । 

सदरमुकाम सिमकोटबाट लिमीतर्फ हिँडेको १३ दिन भएको र तीन दिनदेखि लिमीको तुम्लिङमा हिमपातले अलपत्र परेको ट्रेकिङ गाइड अशिम तामाङले जानकारी दिनुभयो । लिमीको हल्जीगाउँमा गएर टेलिफोन गरी हेलिकप्टर बोलाएको उहाँले बताउनुभयो । 

यस्तै उनीहरूसँगै तुम्लिङमा फसेका अन्य ६ नेपाली नागरिक आजदेखि मौसम सफा रहेकाले पैदलमार्ग भएर खच्चडबाट सिमकोट पुग्ने भएको तामाङले जानकारी दिनुभयो । गएकाे आइतवार रातिदेखिको वर्षा र हिमपातले तीन दिनदेखि उनीहरू तुम्लिङमा फसेका थिए । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर