Aamsanchar

प्रादेशिक सञ्चार प्रतिष्ठानमा नियुक्ति रोक्न र भएका नियुक्ति तत्काल खारेज गर्न चार संगठनद्वारा माग

Author Image
शुक्रवार, कार्तिक ५, २०७८

विराटनगर ।  प्रदेश १ सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयद्धारा प्रादेशिक सञ्चार प्रतिष्ठान सञ्चालक समितिमा धमाधम भइरहेको नियुक्ति प्रति पत्रकारका चारवटा संगठनले नियुक्तिलाई सहजरुपमा स्वीकार गर्न नसकिने भन्दै विज्ञप्ती जारी गरेका छन् ।

विज्ञप्तीमा भनिएको छ । ‘प्रतिष्ठान जस्तो समग्र पत्रकारिताको विकासका लागि स्थापित साझा निकायमा विधि, पद्धति र मापदण्ड विपरित एकलौटी ढङ्गले भइरहेको यस्तो नियुक्तिले पत्रकारिता जगतमा गलत संस्कार स्थापित हुने हाम्रो निष्कर्ष छ । कानुनतः निर्धारित समयभित्र संसदबाट विश्वासको मत प्राप्त गर्न नसकी सान्दर्भिकतामै प्रश्न उठिरहेको यस सरकारले हतार–हतार गरिरहेको यस नियुक्तिले पत्रकारिता क्षेत्रमा गलत नजीरमात्र स्थापित गरेको छैन, प्रादेशिक सञ्चार प्रतिष्ठानको गरिमालाई समेत ध्वस्त बनाउने कार्य भइरहेको हाम्रो ठहर छ ।‘

प्रेस सेन्टर नेपाल १ नं. प्रदेश समिति संयोजक श्रीशीशा राई, नेपाल प्रेस युनियन १ नं प्रदेश समिति सचिव धनबहादुर पुरी, समाजवादी प्रेस संगठन प्रदेश नं. १ इन्चार्ज तीर्थ सिग्देल र प्रेस मञ्च नेपाल प्रदेश १ संघिय उपाध्यक्ष एवम् इन्चार्ज कमन देवानले हस्ताक्षर गरेको विज्ञप्तीमा भनिएको छ ।

‘प्रादेशिक सञ्चार प्रतिष्ठानलाई राजनैतिक उद्देश्य पुरा गर्ने माध्यम नबनाउन र पत्रकारिता जस्तो जिम्मेवार क्षेत्रलाई राजनीतिको प्रभावमा नपार्न हामी माग गर्दछौँ । भईरहेका नियुक्ति तत्काल रोक्न र भएका नियुक्ति तत्काल खारेज गर्न जोडदार माग गर्दछौँ । गलत ढंगबाट भएका यस्ता नियुक्तिलाई सहजरुपमा स्वीकार गर्न नसकिने स्पष्ट पार्दै यस्ता प्रलोभनमा नपर्न सम्पुर्ण श्रमजीवी पत्रकारहरुमा हार्दिक आव्हान समेत गर्दछौँ ।’

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 177

प्रतिक्रिया (०)

सम्बन्धित खबर