Aamsanchar

ट्रकको ठक्करबाट महिलाको ज्यान गएपछि लम्की बजारमा तनाव

Author Image
बिहिवार, मंसिर ९, २०७८

   

कैलाली – ट्रकको ठक्करबाट एक महिलाको ज्यान गएपछि कैलालीको लम्कीमा तनाव सृजना भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्कीचुहा नगरपालिका १ लम्की चौराहमा ना २ ख ९३७० नम्बरको ट्रकले ठक्कर दिँदा एक महिलाकाे ज्यान गएपछि तनाव सृजना भएको हो ।

प्रदर्शनकारीले ठक्कर दिने ट्रकमा आगाे लगाएका छन् । अहिले स्थानीयवासीले राजमार्गमा प्रदर्शन गर्न थालेपछि भिड नियन्त्रण गर्न प्रहरीले केही थान अश्रुग्यास प्रहार गरेको छ ।

अहिले राजमार्ग र लम्की बजार बन्द गरिएको छ । मृतकको सनाखत नभएको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 84

प्रतिक्रिया (०)

सम्बन्धित खबर