Aamsanchar

सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो आयोजनामा काम गर्ने एक मजदुरकाे ढुङ्गा थिचेर मृत्यु

Author Image
बिहिवार, मंसिर १६, २०७८

       

सङ्खुवासभा – सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनामा काम गर्ने एक जना मजदुरकाे ढुङ्गा थिचेर ज्यान गएको छ ।

चिचिला गाउँपालिका–३ सोलाखानीमा रहेकाे सुरुङ भित्र काम गर्ने क्रममा ढुङ्गा खसेर लाग्दा भारत मध्यप्रदेश घर भएका मुगेरीलाल सिंहकाे ज्यान गएकाे हाे । 

गएराति सुरुङभित्र काम गर्ने क्रममा ढुङ्गा खसेर लाग्दा घाइते हुनुभएका सिंहलाई थप उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको थियो । 

जिल्ला अस्पताल खाँदबारीमा उपचारका क्रममा उहाँकाे आज बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 103

प्रतिक्रिया (०)

सम्बन्धित खबर