Aamsanchar

सहकारीका सुरक्षा गार्डको हत्या गरी पैसा लुट्ने दुई जना काठमाडौंबाट पक्राउ

Author Image
बिहिवार, मंसिर १६, २०७८

 

 

काठमाडौं : सहकारीका सुरक्षा गार्डको हत्या गरी पैसा लुटेको आरोपमा प्रहरीले काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको छ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा दोलखाको गौरीशंकर गाउँपालिका–१ जुगुका विक्रम कार्की र सोही ठाउँका सुमन कार्की रहेको ब्यूरोले जनाएको छ।

उनीहरूले दोलखा गौरीशंकर गाउँपालिका जुगुमा रहेको हिमचुली बहुउद्देस्यीय सहकारी संस्थाका सुरक्षा गार्ड पूर्णबहादुर खड्काको हत्या गरी सहकारीबाट एक लाख ८५ हजार लुटेको प्रहरीले जनाएको छ।

कार्कीद्वयले खड्कालाई डोरीले पछाडी हात बाँधेर विभत्स रूपमा हत्या गरेको प्रहरीले जानकारी दिएको छ। सहकारीबाट लुटिइएको रकममध्ये बाँकी रकम १ लाख ३८ हजार २३५ रुपैयाँसमेत बरामद गरिएको ब्यूरोले जनाएको छ।

उनीहरू दुवै जनालाई थप अनुसन्धानका लागि दोलखा पठाउने तयारी भइरहेको ब्यूरोले जनाएको छ। 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 486

प्रतिक्रिया (०)

सम्बन्धित खबर