Aamsanchar

नक्कली युरेनियम २ कराेडमा बेच्न खाेज्ने पक्राउ

Author Image
बिहिवार, मंसिर १६, २०७८

 

     

काठमाडौं –युरेनियमजस्तो टल्किने ढुंगाको अवैध कारोबार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको बालाजुस्थित एक होटलमा युरेनियम भनी टल्किने ढुंगा बिक्री गर्न लागेको बेला नुवाकोटका ३१ वर्षका प्रदीप घिमिरे, ३१ वर्षीय राजेन्द्र परियार र काठमाडौं तारकेश्वर नगरपालिका- फुटुङका ३६ वर्षका रञ्जित कार्की पक्राउ परेका हुन् ।उनीहरुको साथबाट प्रहरीले १२ सय ग्राम टल्किने ढुंगा बरामद गरेको छ । प्रहरीका अनुसार उनीहरुले सो ढुंगा प्रतिकिलो २ करोड रुपैयाँको दरमा बिक्री गर्न लागेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 224

प्रतिक्रिया (०)

सम्बन्धित खबर