Aamsanchar

बालक हत्याको अभियोगमा पक्राउ परेकी महिला सार्वजनिक

Author Image
शुक्रवार, मंसिर १७, २०७८

 

     

धनगढी –कैलालीमा एक बालक हत्याको अभियोगमा पक्राउ परेकी महिलालाई प्रहरीले सार्वजनिक गरेको छ ।

धनगढी उपमहानगरपालिका–२ को मालिका टोलमा बस्ने बाजुराको खप्तड छेडेदह गाउँपालिका–२ की ३५ वर्षीया मागी रोकाया पक्राउ परेकी हुन् । उनीमाथि आफ्नो छोरा नाता पर्ने १० वर्षका बालक निशान्त थापामगरलाई विषादी खुुवाएर हत्या गरेको आरोप लागेको छ ।

निशान्त मागीका श्रीमान बहादुर रोकायाका कान्छी श्रीमती निर्मलाका छोरा हुन् । बालकको मृत्युपछि आफ्ना १४ वर्षकी छोरी र ८ वर्षका छोरालाई लिएर भारततर्फ जाँदै गरेकी उनलाई भारतको हरियाणाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले दूधमा मुुसा मार्ने औषधी मिसाएर खुवाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।

प्रहरीका अनुसार मागीका श्रीमान बहादुर रोकाया कान्छी श्रीमती निर्मलासँगै भारतमा बस्दै आएका थिए । मागी भने आफ्ना दुई छोराछोरी र निर्मलाको छोरासँगै धनगढीमा बस्दे आएकी थिइन् ।

घटनाको भएको दिन कात्तिक २९ गते श्रीमानसँग वादविवाद र झगडा भएको खुुलेकाले रिसको झोँकमा बालकको हत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ ।

विवादपछि मागी सम्पर्कमा नआएपछि भारतमा रहेका बहादुर रोकायाले आफन्तलाई बुुझिदिन आग्रह गरेका थिए । आफन्त उनको कोठामा पुग्दा बालक मृत अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो ।

अहिले मागी रोकायाविरुद्ध कर्तव्य ज्यान मुुद्दा दर्ता गरेर अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 101

प्रतिक्रिया (०)

सम्बन्धित खबर